काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा संक्षिप्त भेटवार्ता गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरुबीच मुलुकको समसामयिक राजनीतिक अवस्था तथा भोलिदेखि प्रारम्भ हुने सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत हुने विधेयकहरुबारे विचारविमर्श भएको थियो । पूर्वप्रधानमन्त्री देउवाका साथ पार्टीका केन्द्रीय सदस्य रमेश लेखक पनि हुनुहुन्थ्यो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version