काठमाडौँ: काठमाडौँ महानगरपालिकामा अन्तरराष्ट्रिय गुणस्तर र सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गर्नका लागि आवासीय नेपाली सङ्घले अध्ययन गरेको छ । पहिलो चरणमा कलङ्की, बालाजु, राष्ट्रपति कार्यालय अगाडि, जयवागेश्वरी सिफल चौर, कोटेश्वर र स्वयम्भू परिक्रमा मार्गको अध्ययन सकिएको छ ।

 

स्थानको पहिचान र आवश्यकता हेरी अन्यत्र पनि अध्ययन गर्ने बताइएको छ । विगत पाँच वर्षदेखि सार्वजनिक शौचालय निर्माणको प्रक्रियामा महानगरपालिका रहेको भए पनि हालसम्म काम अघि बढ्न सकेको छैन । महानगरको शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले शौचालय निर्माण र यसको दिगो सञ्चालन कसरी गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिई निर्माणकार्य अघि बढाइने जानकारी गराए ।

 

एउटाले शौचालय बनाउने अर्कोले चलाउने कुरालाई महानगरले अब स्वीकार नगर्ने जानकारी गराउँदै उपाध्यक्ष बस्नेतले भने, “शौचालय निर्माण गर्दा त्यहाँ उपलब्ध हुने सुविधा र त्यहाँबाट उत्पादन भएको तरल फोहर व्यवस्थापनको पूर्ण योजना भएपछि मात्र काम अगाडि बढाउन मिल्छ ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version