काठमाडौं : प्रतिनिधी सभाको रिक्त सभामुख पद पूर्ति प्रक्रिया पुस ११ गते दिउँसो १ बजे बस्ने संसद बैठकले थाल्ने भएको छ।

आज दिउँसो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदको अर्को बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

 

प्रतिनिधी सभाको आजको बैठकमा राष्ट्रपति पत्र पढेर सुनाउने, यसबिचमा दिवंगत पूर्व सांसदको शोक प्रस्ताव पारित गर्ने र मौन धारण गर्ने कार्यसूची छ।

 

संसदको हिउँदे अधिवेशन सुरु गर्नुअघि शुक्रबार दिउसो १ बजे उपसभामुख शिवमाया तुम्बाहाङ्फेले कार्यव्यवस्था बैठक बोलाएकी थिइन ।

प्रतिनिधी सभा बैठकको अध्यक्षता उनैले गर्दैछिन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version