काठमाडौँ: तारकेश्वर नगरपालिकाले ६० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचका लागि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ।

 

स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने व्यक्तिलाई घरमै सुविधा दिने उद्देश्यले कार्यक्रम शुरु गरिएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताए । उनका अनुसार उक्त कार्यक्रम हरेक महिना नगरपालिकका ११ वटै वडामा सञ्चालन भइरहेको छ । घरदैलौ कार्यक्रमका लागि स्वास्थ्यचौकी प्रमुखको नेतृत्वमा टोली बनाइएको छ ।

 

सो स्वास्थ्य परीक्षणका लागि नगरपालिकाबाट प्रत्येक वडालाई रु पाँच लाखका दरले बजेट छुट्याएको छ । हरेक वडामा स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण र औषधिको थप व्यवस्थापनसमेत गरिएको बताइएको छ । नगरपालिकाले स्वास्थ्य सुविधालाई नागरिकको पहुँचसम्म पु¥याउन चार शहरी स्वास्थ्य केन्द्र र प्रत्येक वडामा एउटा–एउटा स्वास्थ्यचौकी सञ्चालन गरिएको छ ।

 

आगामी दिनमा यस्ता खालका कार्मक्रमलाई निरन्तरता दिँदैँ महामारी दैवी प्रकोपजस्ता कार्यका लागि तत्काल सेवा प्रदान गर्न नगर आकस्मिक स्वास्थ्य कोष स्थापना गरी आवश्यकताका आधारमा विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरिने जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version