काठमाडौं: माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिन ११ वटा राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्। राष्ट्रियसभामा भाग लिन आयोगले आह्वान गरेबमोजिम आइतबार अन्तिम दिनसम्म ११ दल आयोगमा दर्ता भएका हुन्।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा भाग लिन नेपाल कम्युनिस्ट पार्टी(नेकपा), नेपाली जनता दल, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी, नेपाल मजदुर किसान पार्टी, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त दर्ता भएका हुन्।

प्रत्येक दुई वर्षमा राष्ट्रियसभाको एकतिहाइ पद रिक्त हुने व्यवस्था बमोजिम आगामी माघ २० गतेदेखि १८ निर्वाचित र एक मनोनित गरी १९ पद रिक्त हुँदैछ। उक्त पदका लागि आगामी माघ ९ गते निर्वाचन हुँदैछ। राष्ट्रियसभा निर्वाचनका लागि आयोगले पुस २० गते उम्मेदवारी दर्ताका लागि कार्यतालिका सार्वजनिक गरिसको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version