काठमाडौँ: शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राई र नेपालका लागि जापानी राजदुत मासामिचि साइगोबीच आज शिष्टचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटमा राजदुत साइगोले आफ्नो कार्यकालमा नेपालकोसँगको सम्बन्धलाई थप मजवुद बनाउन पहल गर्ने बताएका छन्।

राजदुत साइगोले नेपालको पुर्वाधार बिकास, र भूकम्पपछिको पुनर्निर्माणमा जापानले इमान्दारी पुर्वक सहयोग गरेको भन्दै शहरी बिकास मन्त्रालयसँग समन्वय गरी आगामीदिनमादिगो पुनर्निर्माण र पुर्वाधार बिकासमाथप सहयोग बिस्तार गर्ने बताएका छन् ।

भेटमा मन्त्री राईले नवनियुक्त राजदुतका रुपमा नेपालआएकोमाबधाई दिदै उहाँको कार्यकालमाआफ्नो मन्त्रालयसँग सम्बन्धितकार्यमाजापानको सहयोग अपरिहार्य हुने बताए ।

मन्त्री राईले जापान सरकारले नेपालको आर्थिक, सामाजिक र मानवीयबिकासमा पु¥याएको योगदानको नेपाल सरकारले उच्चमुल्याङकन गरेको बताए । उनले कुलेखानी जलविद्युत आयोजना र बिपी राजमार्गले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा पुरयाएको बिकास योगदान आफैमा बिशिष्ट रहेको भन्दै काठमाण्डौ उपत्यकाको सडक सञ्जालको गुरुयोजना निर्माणमा जापानको सहयोगको उच्च मुल्याङकन गर्नुपर्ने बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version