राजविराज :सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत आज १३ जनालाई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाका विभिन्न ठाउँमा आज गरेको अनुगमनका क्रममा विद्युत् पोलमा हुकिङ गर्ने १३ जनालाई पक्राउ गरिएको केन्द्रका प्रमुख चन्द्रनारायण साहले बताए ।

पक्राउ परेकाको साथबाट एक थान विद्युतीय मिटर, एक थान पंखा र एक थान एलईडी टिभी बरामद गरिएको प्रमुख साहले जानकारी दिए। उनीहरुलाई विद्युत् ऐनअनुसार रु १५ हजार ५०२ जरीवाना असुल गरी छाडिएको प्रमुख साहले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version