काठमाडौँ: साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल जनप्रशासन संघले संयुक्त रुपमा प्रदान गर्ने हेमबहादुर मल्ल सम्मान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तिलगंगा आखा अस्पतालबाट कार्यकारी निर्देशक डा.सन्दुक रुइतलाई प्रदान गरिने भएको छ ।

हेमबहादुर मल्ल सम्मान २०७३ बाट घिसिङ र २०७४ बाट डा रुइतलाई सम्मान गर्न लागिएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ । पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ । पुरस्कार उपराष्ट्रपति नन्दकिशोर पुनको हातबाट शुक्रबार प्रदान गरिने जनाइएको छ ।

सम्मान छनौट समितिका संयोजक एवं राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले देशमा लोडसेडिङ हटाउन अतुलनिय योगदान गरेको भन्दै घिसिङ र आँखा उपचारमा अतुलनीय योगदानका लागि डा.रुइतलाई सम्मानका लागि योग्य भएको बताए ।

२०५९ सालमा स्थापना भएको सम्मानबाट हालसम्म केदारभक्त माथेमा, चादनी जोशी, भगवान कोइराला, बिमल कोइराला, महाबिर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना,सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम र देवेन्द्र राज पाण्डे सम्मानित भएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनले सामाजिक उत्तरदायित्वतो अन्तर्गत पूर्वमहाप्रर्वन्धक हेमबहादुर मल्ल योगदान र उनको सम्झनामा उक्त सम्मान प्रदान गर्दै आएको हो ।

साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले रेलमोडल प्रशासक तथा व्यवस्थापकको रुपमा मल्लको स्मरण गरिन् ।

ट्रेडिङले सुर्तीजन्य र मदिरा बाहेक सबै कारोबार गर्ने बताउदै यसले आफ्नो व्यापारबाट बजारमा हुने अस्वाभिक मूल्य वृद्धि नियन्त्रण गर्न र सरकारको जनता लक्षित कार्यक्रम सफल पर्न मुख्य भूमिका खेलेको बताईन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version