काठमाडौं ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ ।
विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा अध्यक्ष शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच सहमति हुन नसकेपछि भोली पुुस १० गतेका लागि बोलाइएको बैठक पर्सी शुक्रबार पुस ११ गते बस्ने भएको हो ।
मंसिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन नसकेपछि विभिन्न समयमा बोलाइएको बैठक स्थगित हुँदै आएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक पुस ११ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिएका छन ।
Facebook Comments Box
