काठमाडौँ: कृषि विकास बैंक र राष्ट्रिय कृषक समूह महासंघ नेपाल विच वित्तिय तथा सामाजिक, सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले उक्त सम्झौता पत्रमा संयूक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले राष्ट्रिय कृषक समूह महासंघ नेपालसंग गरिएको यस प्रकारको सम्झौताले नेपालको ग्रामिण क्षेत्रहरुमा रहेका कृषक समुह तथा कृषि सहकारीमा आवद्ध विशेष गरी सिमान्तकृत, भुमीहिन तथा महिला कृषकहरुलाई कृषि तथा पशुपालन परियोजना संचालनका लागि बैंकले सहुलियतपूर्ण कर्जाका प्रदान गर्नुका अलावा विभिन्न सामाजिक सामुदायिक कार्यक्रम संचालन गरी स्थानिय स्तरमा रोजगारीको वृद्धि तथा ग्रामीण अर्थतन्त्रको विकासमा महत्वपुर्ण योगदान पुग्ने बताए ।
उपाध्यायका अनुसार कृषि विकास बैंक सदैव कृषकको बैंक रही आएको र आगामी दिनमा समेत बैंकले कृषि तथा पशुपालनको व्यवसायिकीकरण र आधुनिकीकरणमा अग्रणी भुमीका निभाउने प्रतिवद्धता व्यक्त गरे ।
सो अवसरमा राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष बस्नेतले बैंकसंग गरिएको सम्झौताबाट दरुदराजमा रहेका उपेक्षीत गरीब कृषकहरुलाई बैंकको सहुलियतपूर्ण कर्जाको माध्यमबाट उनीहरुको आर्थिक स्तर माथी उठाउन ठुलो सहयोग पुग्ने बताए ।
बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाका अनुसार बैंकले राष्ट्रिय कृषक समूह महासंघ नेपालमा आवद्ध देशका ५७ जिल्लाका करीब ५२०० कृषक समुह तथा सहकारीका १ लाख कृषकहरुलाई कृषि तथा पशुसंग संबन्धित परियोजना संचालन गर्न आवश्यकपर्ने कर्जा उपलब्ध गराउनुका साथै महासंघको सिफारिसमा स्थानिय कृषकहरुलाई आवश्यकता अनुसार सहुलियतपूर्ण कर्जाका अतिरिक्त उद्यमशीलता विकासका लागि तालीम, वाली तथा पशु सुरक्षण कार्यक्रम, वित्तिय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतका विभिन्न कार्यक्रम संचालन समेत गर्नेछ ।
कार्यक्रममा बैंकका उपमहाप्रवन्धकहरु यज्ञ प्रकाश न्यौपाने, दिर्घ बहादुर अर्याल, परामर्शदाता घुरन ठाकुर, विभागीय प्रमुखहरु अजय कुमार रिमाल, बाशु अधिकारी, विना शर्मा, शा.प्र. योगेन्द्र बहादुर सिंह, शा.प्र. प्रेम प्रसाद खनाल, सि.ए. कृष्ण निरौला, शा.अ. मधुसुदन खकुरेलको उपस्थिति रहेको थियो ।
