रसुवा: चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने विद्युत् लाइनमा सांकेतिक बेलुन राख्न माग गरिएको छ ।

भार्खुको डिल र धुञ्चे तल अल्को ठाउँबाट सिधा विद्युत् तार भएकाले हेलिकोप्टर उडाई धुञ्चेमा बिरामी लिन जाँदा वा यात्रु पु¥याउन जाँदा उड्दै गरेको अवस्थामा प्रतिकूल मौसम आए पाइलटको एक मात्र सहारा नदी किनार हुने गरेको छ ।

नजिकमा नपुगी तार नदेखिने भएका कारण सम्भावित घटना न्यूनीकरणका लागि सांकेतिक चिह्नस्वरुप विद्युत् तारमा बेलुन राखिदिन माग गरिएको अल्टिच्युड एयरका पाइलट शोभित गौतमले बताए।

कैलाश, सिम्रीक, डानेस्टिक फिस्टेल हेलिकोप्टर कम्पनीहरुले नेपाल विद्युत् प्राधिकरण समक्ष विद्युत् तारमा बेलुन राखिदिन आग्रह गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयअन्तर्गतको राष्ट्रिय प्रसारण महाशाखाका सहायक प्रबन्धक माधब पौडेलले भौगोलिक विकटता प्रतिकूल मौसममा नदी छेउमा हेलिकोप्टर लानुपर्ने बाध्यतालाई मध्यनजर राखी पर्नसक्ने असर न्यूनीकरण गर्न छिटै स्थलगत रुपमा अध्ययन गरेर बेलुन राख्ने प्रक्रिया अगाडि बढाउने बताए ।

चिलिमेबाट उत्पादित २२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा पु¥याउन विद्युत् प्राधिकरणले विसं २०५९ सालमा स्याफ्रुबेसी–त्रिशूली ३८ किमी लामो ६६ केबी प्रसारण लाइन निर्माण गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version