पाल्पा: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानीको सीमा विवाद वार्ताबाट समाधान हुुने बताएका छन् । पाल्पाको तानसेनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्तासँगको भेटघाटमा उनले दुई देशबीचको सीमा विवाद वार्ताबाट हल गर्न सरकार सक्षम रहेको बताए ।

 

मन्त्री ज्ञवालीले पार्टी एकता प्रक्रियाको आधारभूत काम सकिएको बताए । उनले पार्टी एकता प्रक्रियाका बाँकी काम पुस मसान्तसम्म सकिने जानकारी दिए । पार्टी एकताका सबै काम टुङ्गो लागेपछि पार्टी र सरकारका काम तीव्रगतिमा अघि बढ्ने उनको भनाइ थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version