हेटौँडा: मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री स्याङतानलाई गएराति ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

 

बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version