काठमाडौँ: पछिल्लो समय बजारमा गेडागुडी तथा खाद्यान्नको भाउ आकाशिदै गएको छ । एक महिनाको अवधिमा खाद्यान्नको मूल्य झन्डै ७० प्रतिशतसम्म बढेको पाइएको छ ।

 

मासको दाल प्रति किलोग्राम ११० रुपैयाँबाट बढेर अहिले १५० रुपैयाँ पुगेको पुरोनो थिमीकी खुद्र्रा व्यापारी माया लामाले बताईन् । त्यसैगरी फरक गुणस्तरको मासको दाल प्रति किलो २४० रुपैयाँमा पाउने दाल अहिले बढेर २६० रुपैयाँ पुगेको छ ।

 

त्यसैगरी, प्रति किलो ८५ मा पाउने रातो मुसुरो दाल अहिले बढेर ११० रुपैयाँ पुगेको छ भने प्रति किलो १०० रुपैयाँमा पाउने चना अहिले बढेर ११० रुपैयाँ पुगेको छ ।

 

मिसाएको गेडागुडीको भाउमा भने केहि फरक आएको छैन । मिसाएको गेडागुडीको भाउ प्रति किलोग्राम १५० रुपैयाँ रहेको छ ।

 

प्रति किलोग्राम १४० रुपैयाँमा पाउने मस्यांगको दाल अहिले बढेर १५० रुपैयाँ पुगेको छ । मस्यांगको दालको भाउ ७ प्रतिशतले बृद्दि भएको हो ।

 

प्रति किलोग्राम ८० रुपैयाँमा पाउने केराउ अहिले बढेर ८५ रुपैयाँ पुगेको छ । ६ प्रतिशतले केराउको भाउ बृद्दि भएको हो ।

 

सेतो बोडीको भाउमा पनि केहि फरक आएको छैन । प्रति किलोग्राम १७५ रुपैयाँमा किनबेच भैरहेको छ सेतो बोडी ।

 

मुसुरोको दालको भाउ पनि जस्ता को तेस्तै रहेको छ प्रति किलोग्राम ३०० रुपैयाँ ।

 

प्रति किलोग्राम २०० रुपैयाँमा पाउने राज्माको भाउ बढेर २२० रुपैयाँ पुगेको छ । १० प्रतिशतले राज्माको भाउ बढेको हो ।

 

लामाका अनुसार थोकमै मूल्य बढेकाले अहिले खुद्रा पसलहरुमा पनि मूल्य बढेको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version