काठमाडौँ: सर्बसाधारणका लागि जारी गरिएको थप सार्बजनिक निष्काशन ( एफपीओ) बिक्री नभएपछि नेपाल बैंकले मंगलबारबाट पुनः आफ्ना संस्थापक तथा सञ्चालकका लागि एफपीओ बिक्री खुला गरेको छ ।

यसअघि बिक्री खुला गरेको समयमा संस्थागत र सर्वसाधारण लगानीकर्ताले सबै कित्ता सेयरमा आवेदन नदिएपछि संस्थापक, सञ्चालक तथा तिनका परिवारले समेत भर्न पाउने गरी आजदेखि एफपीओ बिक्री खुला गरेको हो । यसमा साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ ।

नेपाल बैंकमा सरकार संस्थापक सेयरधनी हो । सरकारकै हिस्सा घटाउन एफपीओ खुला गरिएको हो । यसर्थ, यसमा सरकारले फेरि लगानी गर्ने सम्भावना कम छ । यसबाहेक सञ्चालक समितिका पदाधिकारी, बैंक व्यवस्थापन, लेखापरीक्षक लगायतले पनि सेयर भर्न सक्नेछन् । उनीहरुका परिवारले सेयर भर्न सक्नेछन् ।

यसमा सी–आस्वाको माध्यमबाट बिभिन्न बैंक तथा वित्तीय संस्था तथा तिनका शाखाबाट आवेदन दिन सकिनेछ । नेपाल बैंकले यसअघि गत असार १५ गतेदेखि आइतबार (साउन १३ गते) सम्म प्रतिकित्ता २८० रुपैयाँ दरको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो ।

सर्वसाधारणलाई खुला गरिएको अन्तिम दिन आइतबार मात्रै कर्मचारी सञ्चय कोषले १ अर्ब रुपैयाँ बराबरको ३५ लाख ७१ हजार ४२८ कित्ता एफपीओको लागि आवेदन दिएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version