काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सक्रियतामा भूकम्प पिडितका लागि गोर्खाको लाप्राकमा ‘एनआरएन नमूना बस्ती’को निर्माणको काम पुरा भएको घोषणा गरिएको छ । संघले सोमवार उक्त जानकारी गराएको हो ।
आफ्नो दायित्वमा रहेको सम्पूर्ण काम सकिएको संघले उल्लेख गरेको छ । संघको ७१ औं बैठकका निर्णय सार्वजनिक गर्दै गैरआवासीय नेपाली संघले निर्माणको काम सकिएको जानकारी गराएको हो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघको जिम्मेवारीमा रहेको लाप्राक परियोजनाको सम्पूर्ण काम सकिएको जानकारी दिएका छन् ।
उनका अनुसार अहिले लाप्राक पूर्ण रुपले हिउँले छोपिएको छ, हिउँ पग्लिएपछि बाँकी रहेको काम सम्पन्न गरी हस्तान्तरण गर्ने योजना छ । संघको ७१ औं बैठक पोखरामा बसेको हो ।
शनिबार र आइतबार चेलेको बैठकले संघको संस्थागत सुदृठिकरण र आगामी कार्ययोजनाबारे बृहत छलफल भएको संघले उल्लेख गरेको छ ।
