काठमाडौं : संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले आज पदबाट राजीनामा दिएकी छन ।

 

आज सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले आफ्नो राजीनामा पेश गरेकी हुन ।

 

संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ‘मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।’

बैठकको शुरु भएसँगै कार्यसूची हटाएर उपसभामुख डा। शिवमाया तुम्वाहाम्फेले राजीनामा सम्बोधन गरेकी थिइन् ।

 

उनले उपसभामुखको राजीनामा गर्न आफूले लिएको अडान अस्वभाविक महत्वकांक्षाबाट प्रेरित नभएको दाबी गरिन् । ‘मेरो अडानको समयले वस्तुनिष्ठ मूल्यांकन गर्ने छ भन्ने मेरो विश्वास छ,’ उनले भनिन् ।

सवैधानिक ओहोदामा बसुन्जेल दलको निर्देशन नहुने उनको भनाइ थियो ।

निकास दिनका लागि भएको छलफललाई आफूले सुक्ष्म रुपमा मूल्यांकन गरेको उनले बताइन् ।

संविधान अनुसार सभामुख चयन गर्न आफूले मार्ग प्रशस्त गर्ने निर्णय गरेको उपसभामुखले बताइन् ।

अर्को बैठक आजै चार बजे बस्ने उनले जानकारी दिइन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version