काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट संसद अग्नि सापकोटाले सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन्।

 

सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले आज मंगलबार मध्यान्ह सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन्।

 

कांग्रेस संसदीय दलले नेकपाको स्पष्ट बहुमत रहेका कारण सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको छ।

 

नेकपाले भने सभामुखको समर्थनका लागि संसदमा प्रतिनिधित्व गर्ने सबैदललाई आह्वान गरे पनि राजपा मात्रै आएको सांसद कृष्णभक्त पोखरेलले जनाकारी दिए।

 

 

सभामुखमा हाम्रो दाबेदारी छैन : कांग्रेस

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको रिक्त सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ।

आज मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो।

 

संसदीय दलले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको सचेतक पुष्पा भुसालले बताइन्। ‘नेकपाको बहुमत रहेको र सभामुख पद तटस्थ भएका कारण कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको छ’, नेपालखबरसँग कुरा गर्दै सचेतक भुसालले भनिन।

 

सत्तारुढ दल नेकपाले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। संसदमा नेकपाको एकल बहुमत रहेका कारण सापकोटा सभमुख बन्ने निश्चितजस्तै छ।

 

सभामुखमा उम्मेदवारी दर्ताका लागि विहान ११ देखि २ बजेसम्मको समय तोकिएको छ। सभामुखका लागि १२ गते निर्वाचन गर्ने कार्यतालिका रहेको छ

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version