काठमाडौं : नेपाल इन्भेष्टमेण्ट बैंकका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा भएको छ ।

 

बैंकको पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत भएको ८ दशमलव ५ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएको हो ।

 

पुस २४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा जम्मा भएको र सो मितिपछि र्बैंक खातामा अद्यावधिक गराएका शेयरधनीको पनि बैंक खातामा जम्मा गरिदिने बैंकले जानकारी गराएको छ ।

हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीले यथाशिघ्र डिम्याट खाता खोलेको सम्बन्धीत निक्षेप सदस्यमा सम्पर्क गरी शेयर प्रमाणपत्र अभौतिकीकरण गरी नेपाल क्लियरीङ्ग हाउस अन्तर्गत आईपीएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता सहितको अद्यावधिक गराउन अनुरोध गरेको छ ।

 

बैंकले बिभिन्न साधारण सभाहरुबाट पारीत भएको लिन बाँकी बोनस शेयर र नगद लाभांशसमेत एनआईबिएल एस क्यापिटलमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version