धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु चढेको ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो।

 

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मीका अनुसार ६ जनाको मृत्यु भएको हो। केहीको घटनास्थलमै मृत्यु भएको र केहीको उपचारको क्रममा जिल्ला अस्पताल धादिङ मृत्यु भएको अस्पतालका अध्यक्ष अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए।

 

ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किदै गरेको ट्रक निलकण्ठ नगरपालिका ९ मैलीभञ्ज्याङमा सडकमै पल्टिएको हो। ट्रकमा ४५ जना यात्रु सवार रहेको प्रहरीले बताएको छ।

 

प्रत्यक्षदर्शी विजय अधिकारीका अनुसार तीब्र गतिका कारण आइचर दुर्घटना भएको हो। दर्जनौ यात्रुसँगै चालक गम्भीर घाइते छन्। दुर्घटनाका गम्भीर घाइते १५ जनालाई उपचारका लागि काठमाडौं पठाइएको एसपी रेग्मीले बताए। अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइराखेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version