भक्तपुर: वाग्मती प्रदेश खेलकूद विकास परिषद्ले १३ वटै जिल्लाका जिल्ला खेलकूद विकास समितिलाई पूर्णता दिँदै नेतृत्व चयन गरेको छ । परिषद्ले जिल्ला खेलकूद विकास समिति भक्तपुरको अध्यक्षमा श्रीभक्त काशीछवालाई नियुक्त गरेको वाग्मती प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिए ।

 

त्यसैगरी भक्तपुर समितिको सदस्यमा शैलेन्द्र श्रेष्ठ, सरोज थापा, आयुष्का थापामगर र केसरी प्रजापतिलाई नियुक्त गरेको उनले बताए । सदस्य सचिव भण्डारीले काठमाडौँमा अरुण बस्नेत, ललितपुरमा भरतप्रसाद पराजुली, काभ्रेमा मानवीर लामा, चितवनमा प्रह्लाद प्रधान, सिन्धुलीमा खड्ग रजन मगर, मकवानपुरमा सानु लामा, धादिङमा प्रताप सिङ तामाङ, रसुवामा दावा तामाङ, नुवाकोटमा बुद्धिमान तामाङ, रामेछापमा राजेश श्रेष्ठ, दोलखामा रोहित खड्का र सिन्धुपाल्चोकमा शिव देउजालाई जिल्ला अध्यक्षमा नियुक्त गरेको जानकारी दिए ।

 

सामाजिक विकाश मन्त्रालयअन्तर्गत रहेको वाग्मती प्रदेश खेलकूद विकास परिषद्को मङ्गलबार सम्पन्न बैठकले १३ वटै जिल्लाका खेलकूद विकास समितिलाई पूर्णता दिएको हो । त्यसैगरी वागमती प्रदेशअन्तर्गत रहेको वाग्मती प्रदेश खेलकूद विकास परिषद्ले सातवटै प्रदेश र वाग्मती प्रदेशमा पहिलो प्रदेशस्तरीय खेलकूद प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ । सदस्य सचिव भण्डारीले आगामी चैत २१ गतेदेखि साताव्यापी पहिलो प्रदेशस्तरीय खेलकूद प्रतियोगिता हेटौँडा र चितवनमा आयोजना गर्ने जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version