वीरगञ्ज: नेपाल सरकारको पूर्णस्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमा विगत दुई महिनादेखि रासायनिक मल पोटासको अभाव देखिएपछि यहाँका किसानले लगाएको गँहुखेती प्रभावित हुने भएको छ ।

 

सो कार्यालयले पर्सालाई लक्षित गरी ७०० मेट्रिकटन पोटास बेच्नुपर्नेमा हालसम्म ५३ दशमलव नौ मेट्रिकटन मात्र पोटास आएकाले विगत दुई महिनादेखि यसको अभाव हुँदा आलु तथा गँहुखेती प्रभावित भएको हो । कार्यालयले समयमा रासायनिक मल पोटास उपलब्ध नगराउँदा यसपाली गँहुखेती तथा आलुखेती सोचे जस्तो गर्न नसकिएको गुनासो गर्दै वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका किसान विजय पण्डितले भने, “भारतबाट मगाउँदा कमसल हुने भएकाले सोचे जस्तो उत्पादन हुन नसकेकाले यसपाली खेती प्रभावित हुने देखिन्छ ।”

 

कोलकता बन्दरगाहमा अड्किएको सो रासायनिक मल पोटास आपूर्तिकर्ताले ¥याक नपाउँदा ढुवानी हुन नसकेको भन्दै प्रदेश प्रबन्धक गोविन्दप्रसाद पराजुलीले सो पोटास माघ महिनाभित्र आइसक्ने बताए । हाल कार्यालयमा युरिया पाँच हजार ६३ मेट्रिकटन तथा डिएपी चार हजार ७९४ दशमलव नौ मेट्रिकटन मौज्दात छ । सो कार्यालयले चालु आर्थिक वर्षमा दुई लाख ३० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्ने लक्ष्य राखेको कार्यालयका सूचना अधिकारी गोरखनाथ केसीले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version