कञ्चनपुर: भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले राष्ट्रिय आयोजना सरकारको प्राथमिकतामा रहेका बताएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय आयोजनालाई प्राथमिकतामा राखेर काम भइरहेको बताएको हो ।

 

उनले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल समयमै सक्ने गरी काम भइरहेको जानकारी गराए । पुल निर्माण भयो भने त्रिदेशीय सम्बन्ध सुमधुर हुने उनको भनाइ छ । जिल्लामा १६ तराई–मधेश पूर्वाधार सडक निर्माण भइरहेका उनले बताए ।

 

“सबै गाउँपालिका तथा नगरपालिकालाई सडक सञ्जालसँग जोड्न सडक निर्माण भइरहेका छन्”, उनले भने, “सडकको काम राम्रोसँग अगाडि बढेको छ, समयमै निर्माण सम्पन्न हुन्छ ।” यातायातलाई व्यवस्थित बनाउन पुर्वपश्चिम विद्युतीय रेल सञ्चालन गरिने उनले बताए । “पूर्वपश्चिम विद्युतीय रेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माण भएको छ”, उनले भने, “अगामी आर्थिक वर्षदेखि निर्माण कार्य शुरु हुन्छ ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version