मोरङ: मोरङको रंगेलीमा कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार बिहान साढे ६ बजेतिर लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस दुर्घटना भएको हो।
दुर्घटनामा परी सहचालकसमेत रहेका बसधनी विराटनगर-१५ का ३२ वर्षीय सानु साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घनपालथान गाउँपालिका वडा नम्बर-४ रामचोकमा अनियन्त्रित भएर बस पल्टिँदा ११ जना विद्यार्थी घाइते छन्। उनीहरूको अवस्था सामान्य छ।
बसका चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
