काठमाडौँ: सुनको मूल्यमा आज सामान्य वृद्दि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २ सय रुपैयाँले बढेको छ ।
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७५ हजार रुपैयाँ तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ७०० रुपैयाँ पुगेको छ । वुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ७४ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि प्रतितोला रु ५ ले बढेको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८८५ रुपैयाँ तोकेको छ । पछिल्ला समय सुनको मूल्यमा निकै उतारचढाव देखिएको छ । माघ लागेसँगै सुनको मूल्यमा निरन्तर उकालो लागिरहेको छ । एक साताको अवधिमा सुनको मूल्य तीन पटक वृद्धि भइसकेको छ ।
