न्यू साउथ वेल्स(एजेन्सी) : अस्ट्रेलियामा महिनौदेखि फैलिएको डढेलो निभाउन उडेको एक विमान दुर्घटना भएको छ ।

 

यस दुर्घटनामा परी विमानमा सवार सबै ३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

 

आज बिहीबार बिहानै सम्पर्कविहिन भएको विमान दक्षिणी न्यु साउथ वेल्सको हिउँले भरिएको पहाडमा ठोक्किएको अवस्थामा भेटिएको जनाइएको छ।

 

क्यानेबेरादेखि २ घन्टा टाढा उक्त क्षेत्रमा विमानमा सवार सबै मृत भेटिएका छन्।

विमान दुर्घटनाको कारणबारे केही खुल्न सकेको छैन। अस्ट्रेलियामा अक्टोबर महिनादेखि भीषण आगलागी जारी छ।

 

झाडीमा लागेको डढेलो जंगरभरी फैलिएको छ। हालसम्म यस डढेलोले अस्ट्रेलियाका २ हजारभन्दा बढी घर जलेर नष्ट भएका छन्।

२८ जनाभन्दा बढीको मृत्यु हुनुका साथै जनावर, चरा, किरासहित करोडौं जीव मरेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version