काठमाडौँ : नेपाल स्टक एक्सचेन्जमा विहिबार ३४ करोड ५९ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । १६५ कम्पनीका ४ हजार १५९ कारोबारबाट सात लाख ८ हजार १४७ कित्ता सेयर कारोबार भएको छ ।
नेप्से परिसुचात आज १४ दशमलव ६१ अंकले घटी एक हजार तीन सय ७ दशमलव ६६ अङ्कामा झरेको छ । आज ब्यापार समुहका बाहेक अन्य समूहहरु राता भएका छन् जसमा सबैभन्दा इन्स्योरेन्स समूह ११५ दशमलव ७२ अंकले, उत्त्पादनमुलक समूह २५ दशमलव २ अंकले र होटल समुह २२ दशमल ३१ अंकले घटेका छन् । त्यस्तै, नेप्सेमा ठुलो हिस्सा ओगटेको बाणिज्य बैंक समूह १२ दशमलव ३४ अंकले घटी एक हजार १०६ दशमलव २३ अंक कायम भएको छ ।
आज सबैभन्दा बढी सूर्यदय लघुवित्त बित्तिय संस्था र बिशाल बजार कम्पनि लिमिटेड र प्रोग्रेसिव फाइनान्सले कमाए भने मेगा बैंक लिमिटेड, नयाँ नेपाल लघुवित्त विकास बैंक र युनाइटेड इन्स्युरेन्स नेपालले सबैभन्दा बढी गुमाए ।
