काठमाडौं : राष्ट्रियसभा सदस्य पदका लागि भइरहेको निर्वाचनको मतगणना आजैबाट सुरु हुने भएको छ ।

 

निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै अपराह्न ४ बजे मतदान सकिएपछि आज बिहीवारै मतगणना हुने जनाएका छन् ।

 

निर्वाचनअन्तर्गत बिहान १० बजेदेखि मतदान भइरहेको छ । मतदानमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्ष सहभागी भइरहेका छन् ।

 

प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बागमतीको ललितपुर, गण्डकीको पोखरा, प्रदेश ५ को घोराही, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको डोटीमा मतदान भइरहेको छ ।

 

‘आज नै मतगणनाको कार्य प्रारम्भ गर्न मतगणना सम्बन्धी निर्देशिकासहित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन गरिसकिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

 

मतदाना केही झलकहरु

 

राष्ट्रियसभाको बागमती प्रदेशमा रिक्त रहेको तीन पदका लागि ललितपुरको जावलाखेल मैदानको मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाता । (फोटो : रासस)

 

 

राष्ट्रियसभाको बागमती प्रदेशमा रिक्त रहेको तीन पदका लागि ललितपुरको जावलाखेल मैदानको मतदान केन्द्रमा बिहीबार मतदान गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति (फोटो : रासस)

 

 

राष्ट्रियसभाको बागमती प्रदेशमा रिक्त रहेको तीन पदका लागि ललितपुरको जावलाखेल मैदानको मतदान केन्द्रमा बिहीबार भइरहेको मतदानको निरीक्षण गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत (फोटो : रासस)

 

 

राष्ट्रियसभाको बागमती प्रदेशमा रिक्त रहेको तीन पदका लागि ललितपुरको जावलाखेल मैदानको मतदान केन्द्रमा बिहीबार मतदान गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन । (फोटो : रासस)

 

 

राष्ट्रियसभाको बागमती प्रदेशमा रिक्त रहेको तीन पदका लागि ललितपुरको जावलाखेल मैदानको मतदान केन्द्रमा बिहीबार मतदान गर्दै बागमती प्रदेशका उपसभामुख राधिका तामाङ । (फोटो : रासस)

 

 

 

राष्ट्रियसभाको बागमती प्रदेशमा रिक्त रहेको तीन पदका लागि ललितपुरको जावलाखेल मैदानको मतदान केन्द्रमा बिहीबार मतदान गर्दै बागमती प्रदेश सभाका सदस्य जीवन डङ्गोल (फोटो : रासस)

 

 

राष्ट्रियसभाको बागमती प्रदेशमा रिक्त रहेको तीन पदका लागि ललितपुरको जावलाखेल मैदानको मतदान केन्द्रमा बिहीबार मतदान गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य (फोटो : रासस)

 

 

 

दाङमा जारी राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्दै प्रदेश नम्वर ५ का सभामुख पूर्णबहादुर घर्ती (फोटो : रासस)

 

 

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्दै प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेल (फोटो : रासस)

 

 

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version