बाँके: मादक पदार्थ सेवन (मापसे) जाँच्ने ब्रेथलाइजर मेशिन नहुँदा ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको छ ।

थोरै संख्यामा भएका ब्रेथलाइजर मेशिन पनि बिग्रिएका कारण ट्राफिक प्रहरीले अहिले सुँघेरै मापसे जाँच गर्नुपरिहरेको छ । सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीलाई अन्य रोग सर्ने खतरासमेत उत्तिकै छ ।

प्रदेश नं ५ ट्राफिक कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकी ब्रेथलाइजर मेशिन नहुँदा सुँघेरै जाँच्नुपर्ने अवस्था रहेको बताउछन् । उनि भन्छन , “ब्रेथलाइजर मेशिन अभावमा ट्राफिक प्रहरी र नागरिकबीच वैमनस्यता सिर्जना हुने गरेको छ । मापसे नगरेका सर्वसाधारण अनावश्यक दुःख दिएको भन्दै ट्राफिक प्रहरीसँग रिसाउने गरेका छन् ।”

मापसे गरे÷नगरेको सुँघेरै थाहा पाउनुपर्ने हुँदा जाँच गर्ने क्रममा थोरै मात्रामा मापसे सेवन गरेका नागरिकलाई पनि स्वास्थ्य जाँचका लागि अस्पताल पु¥याउनुपर्ने ट्राफिक प्रहरीको बाध्यता रहेको छ । प्रहरी नायव उपरीक्षक बुढाथोकी भन्नुहुन्छ, “मापसे गरेका सबैलाई स्वास्थ्य जाँच गर्न अस्पताल पु¥याउनुपर्ने समस्यासँगै उनीहरुलाई थुनेर राख्न नमिल्ने भएकाले जाँचस्थलमै आफन्त बोलाएर जिम्मा लगाउनु परिरहेको छ ।”

सुँघेर जाँच गर्नुगर्दा मापसे गरे पनि नगरेको भनेर सर्वसाधारणले जिद्दी गरेपछि ट्राफिक प्रहरीले थप समस्या झेल्नुपरेको छ । “सुँघेर मापसे गरे÷नगरेको जाँच गर्दा प्रमाण नै हुँदैन,” बुढाथोकीले भने , “सर्वसाधारणले जिद्दी गर्ने हुँदा यकिन गर्न झन्झटिलो हुनुका साथै सुँघेको भरमा कारबाही गर्न मिल्दैन ।” उनले प्रमाण जुटाउन स्वास्थ्य जाँच वा सर्वसाधारणलाई कारबाहीबाट छुटकारा दिनु परिरहेको बताए ।

मुख नजिकै नाकले सुँघ्नुपर्दा यदि चालकलाई घातक सरुवा रोग लागेको भए मारमा पर्ने जोखिम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकाया बताउछन् ।

“ब्रेथलाइजर मेशिन नहुँदा सधैँ नागरिकसँग विवाद हुने गरेको छ । जाँचका क्रममा सुँघ्न खोज्दा सवारीसाधनको चालकले विवाद गर्ने भएका कारण समस्या भएको छ,” रोकायाले भने, “जाँचका क्रममा जबर्जस्ती गर्न मिल्दैन ।”

सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीको स्वास्थ्यसमेत जोखिममा पर्ने गरेको उनको भनाइ छ । “जाँचमा खटिएका ट्राफिक प्रहरीलाई सरुवा रोगको जोखिम छ,” रोकायाले भने । स्वाश बाहिर फाल्न लगाएर सुँघ्नुपर्ने भएकाले सरुवा रोग सर्ने सम्भावना अत्यधिक रहन्छ । सुँघेर मापसे जाँच गर्दा सरुवा रोग लाग्न सक्ने डर हुँदाहुँदै पनि पर्याप्त प्रविधि नभएका कारण जोखिम मोल्न ट्राफिक प्रहरी बाध्य छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version