पोखरा : गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पक्राउ गर्न कास्की प्रहरीले जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीका अनुसार मनाङेविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा प्रक्रिया अगाडि बढाउन सबैभन्दा पहिला पक्राउ गर्नुपर्ने भएकाले त्यसका लागि निवेदन दिइएको

 

‘अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङको नामबाट दायर भएको उजुरीका आधारमा हामीले मुद्दा प्रक्रिया अगाडि बढाएको छौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी केसीले भने ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० कास्कीका अध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै मनाङेविरुद्ध उजुरी दिएका छन् ।

 

पोखरामा जारी मुख्यमन्त्री कप ९फुटबल० प्रतियोगिताको उद्घाटन कार्यक्रममै मनाङले गुरुङमाथि हातपात गरेका थिए ।

 

मनाङेबाट कुटिएको गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version