काठमाडौँ: साझा यातायातले निर्धारित समयमा बस सञ्चालन गर्न नसकेपछि सरकारले सेयरमार्फत दिएको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सेयरमार्फत साझा यातायातलाई दिने भनेको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको हो।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तोकिएको समयमा बस सेवा सञ्चालन गर्न नसकेपछि दिएको रकम ब्याजसहित फिर्ता गर्ने निर्णय गरेको बताए।

सरकारले ०७६ को असार २८ र २९ निर्णय गरी साझा यातायातलाई तीन सय विद्युतीय बस खरिदका तीन अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो।

‘सरकारले सेयरबापत लगानी गरेको तीन अर्ब र रकम उपलब्ध गराएको मितिदेखि हालसम्मको ब्याजसहित उक्त रकम फिर्ता लिने निर्णय गरेको छ’, प्रवक्ता बाँस्कोटाले पत्रकार सम्मेलनमा भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version