काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु पाँच हजार ५०० घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा बखरी मोरङ कार्यरत सशस्त्र प्रहरी जवान शशितनारायण विश्वास विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगको इटहरीबाट गएको टोलीले विश्वासलाई घुससहित केही दिन पहिले पक्राउ गरेको थियो । प्रहरी जवान विश्वासले भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए । यस्तै राहत दरबन्दीमा शिक्षक राख्ने क्रममा परीक्षार्थीलाई सामाजिक सञ्जालको प्रयोग गरी प्रश्नपत्र र उत्तर कुन्जिका पठाएको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।

पिपलचौतारा माध्यमिक विद्यालय डुंगेश्वर दैलेखका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनोट समितिका संयोजक भक्तबहादुर शाहीले राहत दरबन्दीमा निम्न माध्यमिक विद्यालय तहको सामाजिक विषयको शिक्षक छनोटको परीक्षा सञ्चालन हुनु अगावै सामािजक सञ्जालमार्फत पश्नपत्र र उत्तर कुन्जिका चुहाएको अभियोग लागेको छ ।

आयोगको सुर्खेतबाट गएको टोलीले अध्यक्ष शाही, छनौट भएका शिक्षक घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर विकलाई पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version