काठमाडौं: सरकारी स्वामित्वको नेपाल एयरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् ।

 

विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । यति धेरै पाइलटले एकै पटक राजीनामा दिएका यो पहिलो घटना हो ।

 

तीन महिनाको समयसीमा दिँदै पाइलटहरूले व्यवस्थापनसमक्ष राजीनामा बुझाएका हुन् । उनीहरूले व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाए पनि विदेशीलाई सेवा सुविधा धेरै दिएको उनीहरुको भनाइ छ ।

 

अन्तर्राष्ट्रिय उडान भर्ने पाइलटमा ४० जना नेपाली छन् भने विदेशी १५ जना छन् । ४० जनामध्ये २५ जनाले विहिबार सामूहिक राजीनामा दिएका हुन् ।

 

निगमले नेपाली पाइलटको केही समयअघि दुई महिनाको तलब नदिएको र विगत पाँच महिनादेखि बिनासूचना एक लाख रुपैयाँ पनि अतिरिक्त रकम काटेको गुनासो पाइलटहरुले गरेका छन् ।

 

पाइलटहरूका अनुसार विदेशीले महिनामा ४६ घन्टामात्र जहाज उडाउँछन् भने हप्तामा २ दिन छुट्टी पाउँछन् । तलब भने उनीहरूले १५ लाख पाउँछन् त्यसको कर पनि व्यवस्थापनले नै तिरिदिने गरेको एक पाइलटले बताए ।

 

तर नेपाली स्थायी पाइलटले महिनामा ९५ घन्टा जहाज उडाउने तर हप्तामा विदा १ दिनमात्र पाउने गरेका छन् । नेपाली पाइलटले कर आफैंले तिर्दै आएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version