सुर्खेत : कर्णाली प्रदेश विकास परिषद्को बैठक आज शुरु भएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहान ९ः०० बजेदेखि शुरु भएको बैठकमा उनले कर्णालीविज्ञ, स्थानीय सरकारका प्रमुख, परिषद्का सदस्यलाई दिगो विकासको सोचसहितको पञ्चवर्षीय आधारपत्रमा उल्लेखित सवालमाथि छलफल गर्न निर्देशन दिएका छन ।

 

बैठकको शुरुआतसँगै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव विष्णुप्रसाद नेपालले परिषद्का सदस्यलाई स्वागत गरे ।

 

बैठकमा प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा डा पुण्यप्रसाद रेग्मीले कर्णाली प्रदेशको योजना निर्माण, कर्णाली सोच–२१००, प्रथम पञ्चवर्षीय योजना, समष्टिगत वित्तीय क्षेत्र, पूर्वाधार, आर्थिक, सुशासन क्षेत्र, अन्तरसम्बन्धित विषय र कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन बैठकका मुख्य विषयवस्तु रहेका बताए ।

 

आधारपत्रमा समेटिएका जलविद्युत्, वैकल्पिक ऊर्जा र हरित अर्थतन्त्र, सडक सञ्जाल, प्राङ्गारिक कृषि, औद्योगिक उत्पादन, सेवा क्षेत्रको विकास, बहुमूल्य जडीबुटी, खनिज तथा खानी, पर्यापर्यटन तथा कला संस्कृति, विज्ञान प्रविधि र नवप्रवर्तन, मानव पूँजी निर्माण र सदुपयोग, स्वच्छ वातावरण र स्वस्थ जीवन, सुरक्षित, व्यवस्थित र विकसित गाउँ, नगर र शहर, सार्वजनिक, निजी, सहकारी तथा सामुदायिक साझेदारीलाई प्रमुख संवाहक मानेर तिनलाई मूर्तरुप दिने उपाध्यक्ष प्रा डा रेग्मीले बताएका छन ।

 

बैठकमा परिषद्का सहअध्यक्ष एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, विभागी मन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेशसभा समितिका अध्यक्ष, प्रदेश योजना आयोगका सदस्य, जिल्ला समन्वय समिति तथा नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्ष, प्रदेश सरकारबाट मनोनित पाँच सदस्य, प्रदेश सरकारका सचिव गरी करीब १२० को सहभागिता रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version