काठमाडौँ: प्रतिनिधि सभाको सभामुख निर्वाचित हुने प्रक्रियामा रहेका सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटका लागि आइतबार तोकिएको पेशी हेर्न नमिल्ने भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उम्मेदवारका रुपमा आज (आइतबार) बस्ने प्रतिनिधि सभाको बैठकबाट सभामुख चयन हुने प्रक्रियामा रहेका सापकोटालाई सभामुख चयन नगर्ने गरी आदेश जारी गर्न माग गर्दै शुक्रबार दायर भएको रिटको सुनुवाईका लागि आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयालको (६ नम्बर) इजलाशमा पेशी तोकिएको थियो ।

फुयाल अधिवक्ताको रुपमा रहँदा सापकोटा विरुद्ध नै परेको मुद्दाको पक्ष (सापकोटाको विपक्ष)मा बहस गरेका कारण उनले उक्त मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश फुयालले हेर्न नमिल्ने भएसँगै सापकोटाविरुद्ध दायर रिटमाथि आइतबार हुने सुनुवाई स्थगित भएको छ ।

न्यायाधीश फुयालले अधिवक्ता हुँदा सुशील प्याकुरलेसमेतले दायर गरेको रिटको पक्षबाट वकालत गरेका थिए । हालै राष्ट्रपतिको विज्ञ सल्लाहकारबाट राजीनामा दिएका प्याकुरेलले अदालतको अवहेलना गरेको भन्दै सापकोटालाई विपक्षी बनाएर २६ चैत २०७२ मा सर्वोच्च अदालतमा रिट समेत दायर गरेका थिए ।

सर्वोच्च अदालत स्रोतका अनुसार उक्त रिटमाथिको सुनुवाईका लागि सोमबार अर्को पेशी तोकिने छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version