पोखरा : अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका प्रदेशसभा सांसद राजीव गुरुङ((दीपम मनाङे) धरौटीमा रिहा भएका छन् ।

मनाङेलाई जिल्ला प्रशासन कार्यालयले ६ हजार धरौटीमा रिहा गरेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।

उनलाई फागुन १३ गते उपस्थित हुने गरी धरौटीमा रिहा गरिएको पौडेलले बताए।

मनाङेलाई माघ ९ गते पक्राउ परेका थिए। कुटाई खाने एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई पनि बैंकिङ कसुरको आरोपमा १० गते पक्राउ गरिएको थियो । मिलनलाई भन थपे ७ दिन थुनामा राख्ने गरी म्याद थप गरिएको छ।

मंगलबार पोखरामा उद्घाटन भएको मुख्यमन्त्री कप फुटबल समारोहमा मिलनमाथि कुटपिट गरेको आरोपमा मनाङगे बिहीबार पक्राउ परेका थिए। मनाङे प्रहरी अनुसन्धानमै रहेका बेला गुरुङसमेत पक्राउ परेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version