काठमाडौँ: त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएससपी होविन्द्र बोगटीले राउतलाई आफन्तले नै कार्यालयमा उपस्थित गराएको पहिलोक्लिकलाई जानकारी दिए ।

‘कानुनी प्रक्रियालाई सहयोग गर्ने भन्दै वहाँ बिहान साढे ७ बजे कार्यालयमा उपस्थित हुनुभएको हो,’ बोगटीले भने, ‘अब आवश्यक कानुनी प्रक्रिया अघि बढ्नेछ ।’

माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version