काठमाडौँ: केहि दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजारमा बुधबार सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक संगै कारोबारमा समेत बृद्दि भएको छ । नेप्से परिसूचक दुई दशमलब ४० अंकले बढेर १ हजार १९३ दशमलब ८७ अंकमा उक्लेको छ ।

नेप्से परिसूचक सोमबार शुन्य दशमलब ०७ अंक र मंगलबार २ दशमलब ९१ अंकले घटेको थियो ।

आजको कारोबारमा सबैभन्दा बढी निर्जीवन बीमा ३२ दशमलब ४१ अंक, जीवन बीमा समुहको परिसूचक २८ दशमलब ८४ अंक र होटल ११ दशमलब २५ अंकले बढेको छ ।

त्यसैगरी, पूँजी बजारको सबैभन्दा बढी हिस्सा ओगटेको बाणिज्य बैंक समूहको परिसूचक २ दशमलब ८१ अंकले बढेको छ ।

यधपी, अन्य समूह, जलबिधुत र बित्त समूहको परिसूचक क्रमश: ४ दशमलब ७२ अंक, शुन्य दशमलब ५६ अंक र तीन दशमलब ७ अंकले घटेको छ ।

नेप्से परिसूचक संगै मंगलबारको तुलनामा कारोबार रकममा पनि सुधार आएको छ ।

आज नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३ हजार ८१ कारोबारबाट २२ करोड २ लाख १ हजार ४२३ रुपैयाँ बराबरका ७ लाख ६६ हजार ७८९ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
मंगलबार नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीहरुको ३ हजार १८९ कारोबारबाट १६ करोड ७७ लाख ३९ हजार ६९७ रुपैयाँ बराबरका ५ लाख ७८ हजार ९३३ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

त्यसैगरी नेप्सेमा सोमबार ३ हजार ६६४ कारोबारबाट २९ करोड ६१ लाख ५६ हजार २५२ रुपैयाँ बराबरका १२ लाख ८४ हजार ९४४ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version