काठमाडौँ: चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । यसका साथै तीन हजार व्यक्ति यसबाट संक्रमित भएको पुष्टि भएको छ ।
चीनले नयाँ वर्षमा दिइएको बिदा पुनः तीन दिन थपेको छ । सार्वजनिक बिदा आइतबारसम्म लागू हुनेछ ।

हुबेईमा मृत्यु हुनेको संख्या ५६ बाट ७६ मा पुगेको छ । साथै, विभिन्न स्थान गरी ६ जनाको मृत्यु भएको छ । बुहान र त्यस आसपास शहरका स्थानीयलाई कतै निस्कन प्रतिबन्ध लगाइएको छ ।
चीन बाहेक अन्य देशमा ४४ जना संक्रमित भएको पुष्टि भएको छ यसमा नेपाल, भारत, जर्मनी, अमेरिका, अष्ट्रेलियालगायतका देश समावेश छन् ।

यद्यपि, चीन बाहिर कोरोना भाइरसका कारण कसैको पनि मृत्यु भने भएको छैन ।

साङ्घाइमा सरकारले फेब्रुअरी १० सम्म कसैलाई पनि काममा नफर्कन आदेश दिएको छ । उक्त प्रतिबन्ध मेडिकल संस्था, मेडिकल आपूर्तिकता र सुपरमार्केटबाहेक सबैमा लागू गरिएको छ । एजेन्सी

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version