काठमाडौँ: राष्ट्रिय वाणिज्य बैकले रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा न. ३ स्थित सांघुटारमा आफ्नो २०५ औं शाखा कार्यालय खोलेको छ ।
उक्त शाखाको प्रदेश न.३ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय कैलाश ढुङ्गेलले बुधबार एक समारोहका बीच शाखा कार्यालय समुद्घाटन गरे ।
कार्यक्रममा बोल्दै ढुङ्गेलले स्थानीय जनताहरुले बैंकबाट कारोबार गरी व्यवसायिकमुखी किसिमले कृषि उत्पादन गरेर फाइदा लिनु सक्नु पर्ने बताए ।
रामेछाप क्षेत्र न.१ख का प्रदेश सभा सांसद माननीय शान्तिप्रसाद पौडेल, पूर्व सासंद रामहरि खतिवडा, बैंकका नायब महाप्रवन्धक उद्धबप्रसाद खनाल, स्थानीय समाजसेवी बद्रिदास भौकाजी, राजनीतिकदलका प्रतिनिधि लवश्री न्यौपाने, रामेछाप उद्योग वाण्ज्यि संघका बरिष्ठ उपाध्यक्ष केसब घिमिरे, रामेछाप न.पा. वडा न.३ का वडा अध्यक्ष भुपालराज श्रेष्ठ, स्थानीय उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
