इनरुवा: नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान सरकारले देशलाई पछाडि धकेलेको बताएका छन् ।

सुनसरीको रामधुनी नगरपालिकामा बुधबार काँग्रेस रामधुनी नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा उहाँले सरकारले देशलाई विकासको सट्टा बरबादीतर्फ लगेको आरोप लगाए ।

बहुमतप्राप्त सरकारले देशलाई अहिले विकास निर्माणतर्फ अगाडि बढाउनुपर्नेमा त्यसविपरीतका कार्य गर्ने गरेको उनको भनाइ थियो ।

कार्यक्रममा काँग्रेस सुनसरीका सभापति तथा प्रदेश नं १ को प्रदेशसभाका संसदीय दलका नेता राजिव कोइरालाले नेता थापालाई पार्टीको नेतृत्वमा आउन आग्रह गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version