काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान सूचना जारी गरेको छ । पूर्वानुमानका अनुसार आज (शुक्रबार) दिउँसो हल्का वर्षाको सम्भावना रहेको छ ।

 

हाल नेपालमा निम्न चापीय प्रणालीको प्रभाव रहेको छ भने देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । देशको मध्य र पूर्वी पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली भएको छ भने मध्य र पूर्वी तराईका क्षेत्रमा हुस्सु लागको छ । यसैगरी पश्चिमी भूभागका केही स्थानमा भने हुस्सु लागेको छ ।

महाशाखाका अनुसार दिउँसो भने देशको पूर्वी भू–भाग लगायत मध्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू–भागमा आंशिक बदली रहनेछ । पुर्वी तथा मध्य पहाडी भू–भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना रहेको छ।

 

त्यस्तै, राति देशको पहाडी भू–भागमा आंसिक बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version