लहान: जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफू परिस्थितिले उब्जाएको समस्याका कारण राजनीतिमा सक्रिय भएको बताउनुभएको छ । सो पार्टीले सप्तरीको सदरमुकाम राजविराजमा आयोजना गरेको आमसभामा अध्यक्ष डा राउतले भन्नुभयो–“आफू कुनै रहरले राजनीतिमा आएको होइन, मधेशको परिस्थितिका कारण आएको हुँ ।”

मधेशका समस्याहरु अहिले पनि ज्यूँको त्यूँ’ रहेकाले राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव नहुने परिस्थितिका कारण आफू राजनीतिमा प्रवेश गरेको डा राउतको भनाइ थियो । समृद्ध मधेशको परिकल्पनालाई साकार गर्न र सम्पूर्ण मधेशीको अधिकार सुनिश्चित गराउन जनमत पार्टीको गठन गरिएको उहाँले बताउनुभयो ।

मधेश आन्दोलनको नाममा ५४ जनालाई शहीद गराएर आफूलाई मधेश केन्द्रीत दल भन्ने पार्टीहरुले सत्ताका लागि मात्र राजनीति गरिरहेको आरोपसमेत उहाँले लगाउनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version