काठमाडौं: ललितपुरको बखुण्डोलस्थित एक कवाडी गोदाममा आगलागी भएको छ । नेपालस्थित कोरियन दूतावास नजिकको कवाडी गोदाममा आगलागी भएको हो ।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बताए ।

उनले भने, ‘अहिले काठमाडौं र लतिलपुर महानगरपालिकाको दमकल आइपुगेको छ । नियन्त्रणमा लिने प्रयास जारी छ ।’

प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version