विराटनगर: श्रम ,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा उद्यमीले रोजगारीको सिर्जना गर्ने उद्यमस्थापना गर्नुपर्ने बताएका छन् ।

युवा तथा खेलकूद मन्त्रालय, युवा परिषद् मोरङ र नेपाल यूवा उद्यमी मञ्चद्वारा आज यहाँ आयोजित ‘युवा उद्यमशीलता र रोजगारीका अवसरहरु’ विषयक प्रदेश नं १ स्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले प्रत्येक वर्ष पाँच लाख युवाका लागि राजगारी सिर्जना गरेर विदेशिने क्रमलाई रोक्नुपर्नेमा जोड दिए ।

उनले उद्यमीलाई रोजगार र निर्यातमूलक उद्योग स्थापनाका आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न सरकार तयार रहेको बताउँदै विदेशी उत्पादनसँग प्रतिस्पर्धी गर्ने उत्पादनलाई सरकारले प्रोत्साहन गर्ने प्रस्ट परे ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले रोजगारी सिर्जना गर्ने कृषि, पर्यटन र निर्यात मुलुक उद्योग स्थापनामा सरकारले आवश्यक सहयोग प्रदान गर्ने बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version