काठमाडौँ: प्रहरीले राजधानीबाट दुई गुण्डालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई काठमाडौँको ज्याठामा रहेको होटल संकटा एण्ड अपार्टमेण्टका १०३ नं कोठाबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका एसपी मुकेश कुमार सिंहका अनुसार बिगत ३ महिनादेखि उनीहरु उक्त होटेलमा बस्दै आएकोमा होटेलका संचालकले खाएको बसेको पैसा माग्दाखेरी होटेल संचालकलाई धारिलो हतियार देखाई होटेलको कोठाको ढोकासमेत तोडफोड गरेको आरोपआ पक्राउ गरेको हो।

प्रहरीका अनुसार दुबै जना यस अधि बिभिन्न गुन्डागर्दीकार्यमा संलग्न रहेका बुझिन आएको हुदाँ निम्न ब्यक्तिहरुलाई ज्याठाबाट पक्राउ गरी आवश्यक कार्बाहीको लागि मिति आजै गते महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको छ।

पक्राउ परेका व्यक्तिहरुको विवरण
नाम :- अजय भन्ने कोर्ते गुरुङ
उमेर :- ३०बर्ष
स्थायी ठेगाना :- जि. मनाङ नेसाङ गा.पा.वडा नं. ७
हालको ठेगाना :- का.जि, पकनाजोल
पक्राउ स्थान :- का.जि.ज्याठा
पक्राउ मिति :-२०७६।१०।१८ गते समय अन्दाजि ०९:३० बजे

नाम :- टासी गुरुङ
उमेर :- ४५ बर्ष
स्थायी ठेगाना :- जि. मनाङ नेसाङ गा.पा.वडा नं. ३
हालको ठेगाना :- का.जि, सानोभर्याजङ
पक्राउ स्थान :- का.जि.ज्याठा
पक्राउ मिति :- २०७६।१०।१८ गते समय अन्दाजि ०९:३० बजे

अनुसन्धानमा खुल्न आएका कुराहरु :-
१. कोर्ते गुरुङ र टासी गुरुङ ज्यान मार्ने उद्योगमा र लागु औषध मुद्धामा सजाय भोगेको साथैबिभिन्न अपराधहरुमा संलग्न रहेको ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version