काठमाडौं : पेट्रोलियम पदार्थको आयातमा भारी गिरावट आएको छ ।
चालू आर्थिक वर्षको ६ महिनामा ८९ अर्ब ४२ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ , जुन गत वर्षको सोही अवधिको तुलनामा १० अर्बले कमी हो ।
समीक्षा अवधिमा पेट्रोल १८ अर्ब २७ करोड, डिजेल ४९ अर्ब १४ करोड, खाना पकाउने ग्याँस १४ अर्ब ८७ करोड र हवाइ इन्धन ६ अर्ब ३५ करोड आयात भएको छ । डिजेल र खाना पकाउने ग्याँसको आयातमा कमी आएको छ । ६ महिनामा डिजेल ५५ अर्ब १३ करोड र खाना पकाउने ग्याँस १८ अर्ब ५१ करोडको आयात भएको थियो ।
विद्युतको आपूर्तिमा सुधार भएसंगै डिजेल र खाना पकाउने ग्याँसको माग कम हुँदा पेट्रोलियम पदार्थको आयातमा कमी आएको देखिन्छ ।
गत आर्थिक वर्षमा २ खर्ब ६ अर्बको आयात भएको थियो ।
