धादिङ्ग : धादिङ्ग गजुरीमा युवती बलात्कारका आरोपीलाई आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ ।
गजुरी गा.पा. वडा नं ८ बस्नेतगाउँका स्काभेटर चालक हरि कृष्ण भन्ने हेमन सिंह बस्नेतलाई आज विमानस्थलबाट कुवेत उड्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।
केन्द्रिय अनुसन्धान ब्यूरोका अनुसार गत जेठ १४ गजुरी वडा नं ८ हलेदेखोला स्थित स्थानिय १६ वर्षे युवतीलाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा ढोका फोडी कोठाभित्र प्रवेश गरि उनले जवरजस्ती करणी फरार भएका थिए ।
बस्नेत भारतको विभिन्न क्षेत्रमा लुकिछिपी बसी केही समयअघि मात्रै नेपाल आएको र आज माघ २० गते सोमबार बैदेशिक रोजगारको लागि जाँदै थिए ।
पक्राउ परेका अभियुक्त बस्नेतलाई थप कानुनी कारवाहीको लागि आजै जिल्ला प्रहरी कार्यालय धादिङ्ग पठाईएको प्रहरीले जनाएको छ ।
