जाजरकोट: उपल्लो डोल्पावासी झाडापखालाको समस्याबाट पीडित बनेका छन् । चिसोका कारण आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र उपल्लो डोल्पामा बस्ने गर्दछन् ।

 

डोल्पोबुद्ध गाउँपालिका–४ ताक्सी र धोगाउँमा झाडापखालको समस्या देखापरेको हो । परम्परागत उपचार विधि आम्चीको भरमा उपचार हुँदै आइएको जनाइएको छ ।

 

दैनिक ५० भन्दा बढी स्थानीयवासी बिरामी हुने गरेका डोल्पोबुद्ध गाउँपालिका वडा नं ३ का वडा सदस्य लाप्कातेण्डुप लामाले जानकारी दिए । उनले स्वास्थ्यकर्मी पठाउन र उपचारको पहल गर्न आग्रह समेत गरे ।

 

गत मङ्सिर महिनामै औषधिको माग गरे पनि अहिलेसम्म नपाएको यहाँका स्थानीय तहले बताएका छन् । दैनिक भाडापखालाका बिरामीको सङ्ख्या बढ्दै गएको र औषधि नहुँदा थप समस्या हुँदै गएको बताइएको छ । हिउँले ढाँकेको यहाँका बस्तीका बिरामीको उपचार गर्न नै सकस भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version