अफगानिस्तान(एजेन्सी) : अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा गएराति बारुदी सुरुङ बिस्फोट हुँदा सरकार समर्थित एक जना स्थानीय नेता, उनका एक जना सहयोगी सहित ११ जना विद्रोही तालिबान लडाकूको मृत्यु भएको छ ।

 

प्रान्तीय सरकारका प्रवक्ता अब्दुल मारुफ अजरले सरकार समर्थित आदिवासी लडाकू समूह चढेको सवारी साधनलाई लक्षित गरी तालिबानले सोमबार राति जवाज्वान–सारी पुल सडकमा बारुदी सुरुङ बिछ्याएर आक्रमण गरेको जानकारी दिए ।

 

उक्त आक्रमणमा संलग्न तालिबान समूहका ११ जनाको मृत्यु भएको र उनीहरुलाई अफगान रेडक्रसलाई जिम्मा लगाइने पनि प्रवक्ता अब्दुलले बताए । तालिबानको मुख्य तारो सरकार समर्थित स्थानीय नेता तोफान रहनु भएको थियो । उहाँको नेतृत्वमा गाउँमा प्रतिरोध समूह गठन गरिएको थियो ।

 

सन् २००१ मा अमेरिकी आक्रमणबाट तालिबानको सरकार पतन भएसँगै तालिबान समूहले सशस्त्र हिंसात्मक आक्रमण जारी राखेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version